म्याग्दीमा बोलेरो जीप दुर्घटना, घटनास्थलमै २ जनाको मृत्यु
म्याग्दी | चैत ५, २०८०
म्याग्दी: म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् ।
खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएराती उक्त जीप पालिका केन्द्र पोखरेबगरबाट पाउद्वार गाउँ गएको थियो ।
जीप सडकदेखि करिब ५० मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

